आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

रानाभाट / भाट समाज नेपाल केन्द्रीय समितिको छैटौँ महाधिवेशन तयारी बैठक सम्पन्न 


  • समाचार कुञ्ज
  • २०८२ पौष २३, बुधबार मा प्रकाशित १ महिना अघि
  • ८ पाठक संख्या
  • कास्की । रानाभाट / भाट समाज नेपाल केन्द्रीय समितिको छैटौँ महाधिवेशन तयारी बैठक कास्कीको पोखरा महानगरपालिका -१७, पार्दि विरौटास्थित रोयल महल बैंक्यूटमा सम्पन्न भएको छ । उक्त बैठकमा केन्द्रिय कार्य समिति, सल्लाहाकारहरु, प्रदेश समिति, पालिका कार्य समिति तथा जिल्ला कार्य समितिका पदाधिकारी / सदस्यहरुको उपस्थिति रहेको थियो ।

    उक्त बैठकबाट गरिएका निर्णयहरू ;
    १.  केन्द्रिय महाधिवेशन माघ १६ र १७ गते गरिने,
    २. केन्द्रिय अध्यक्षको नेतृत्वमा ५ सय १ सदस्यीय मुल आयोजक समिति गठन,
    ३. विभिन्न उप – समिति गठन ;  
    क. सह – आयोजक / कार्यव्यवस्थापन उप – समितिमा श्री बहादुर रानाभाटको संयोजकमा ११ सदस्यीय 
    ख. आर्थिक संकलन तथा लेखा व्यवस्थापन उप – समितिमा सूर्य बहादुर रानाभाटको संयोजकमा ७ सदस्यीय 
    ग. प्रचारप्रसार उप – समितिमा नरेन्द्र रानाभाटको संयोजकमा ११ सदस्यीय 
    घ . मञ्च व्यवस्थापन तथा खाना / खाजा व्यवस्थापन उप – समितिमा महेन्द्र रानाभाटको संयोजकमा ११ सदस्यीय 
    ङ. अतिथि स्वागत सत्कार उप – समितिमा प्रतिमा रानाभाटको संयोजकमा ७ सदस्यीय 
    च. यातायात व्यवस्थापन उप – समितिमा एकेन्द्र वञ्जराको संयोजकमा ५ सदस्यीय 
    छ. स्वयंसेवक परिचालन तथा व्यवस्थापन उप – समितिमा नारायण रानाभाट
    ज. समन्वय सहजिकरण उप – समितिमा बाबुराम रानाभाटको संयोजकमा ५ सदस्यीय 
    ४. प्रतिनिधि विधान अनुसार हुनेगरी पठाउने, भूगोल प्रतिनिधि १ सय जनसंख्या वरावर १ का दरले हुन आउने सङ्ख्या जिल्ला समितिले सिफारिस गरी महाअधिवेशन हुनभन्दा १ हप्ता अगाडि कार्यव्यवस्थापन समिति समक्ष विवरण पठाउनु पर्ने, पालिका कार्य समितिले सिफारिस गरी  जिल्ला कार्य समितिको बैठकबाट निर्णय गरी प्रतिनिधि पठाउनु पर्ने ( प्रतिनिधि शुल्क रू.१,०००/-मात्र ),
    ५. नबिल बैक लिमिटेडमा रहेको खाता पुन:सुचारू गराउने,
    ६. देशभरका रानाभाट / भाट बन्धुहरूको सक्रिय उपस्थितिका लागि जिल्ला कार्य समितिहरूले आफ्ना जिल्लाबाट बढी भन्दा बढी सहभागिता गराउने जिम्मेवारी लिने र महाधिवेशनलाई भव्य तवरले सम्पन्न गर्न आफ्नो स्थानबाट भूमिका निर्वाहा गर्ने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट