आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

रानाभाट / भाट समाज नेपाल वाग्मती प्रदेश कार्य समितिको अध्यक्षमा सन्तोष रानाभाट चयन, 


  • समाचार कुञ्ज
  • २०८२ पौष २७, आईतबार मा प्रकाशित १ महिना अघि
  • ९ पाठक संख्या
  • काठमाडौं । रानाभाट / भाट समाज नेपाल वाग्मती प्रदेश कार्य समितिको ‘ १२ औं साधारण सभा तथा छैठौं अधिवेशन कार्यक्रम – २०८२ ’ राजधानी काठमाडौंको बालाजुमा सम्पन्न भएको छ । उक्त साधारण सभाको सभापति कृष्ण रानाभाट, प्रमुख आतिथ्य रानाभाट / भाट समाज नेपाल केन्द्रीय कार्य समितिका अध्यक्ष बाबुराम रानाभाट, विशिष्ट अतिथिहरु समाजको केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष हरि बहादुर रानाभाट र केन्द्रीय कोषाध्यक्ष तारा बहादुर रानाभाट रहेका थिए । त्यस्तै, अतिथिहरुमा  वाग्मती कार्य समितिकी संस्थापक अध्यक्ष पदमा रानाभाट, वाग्मती कार्य समितिकी सल्लाहकार ओम कुमारी रानाभाट (बञ्जारा), शिवलाल रानाभाट, राजु रानाभाट, केन्द्रीय पूर्व कोषाध्यक्षहरु बालचन्द्र रानाभाट, सुरेन्द्र रानाभाट, चितवन जिल्ला कार्य समितिका निवर्तमान अध्यक्ष राजु रानाभाट, काठमाडौं जिल्ला कार्य समितिका पूर्व अध्यक्ष रेशम रानाभाटलगायतको उपस्थिति रहेको थियो ।

    यसैगरी, ‘ १२ औं साधारण सभा ’ को उद्घाटन रानाभाट / भाट समाज नेपाल केन्द्रीय कार्य समितिका अध्यक्ष बाबुराम रानाभाटले पानसमा बत्ति बालेर गरेका थिए, भने कार्यक्रममा सन्तोष रानाभाटले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा वाग्मती कार्य समितिकी संस्थापक अध्यक्ष पदमा रानाभाट, वाग्मती कार्य समितिकी सल्लाहकार ओम कुमारी रानाभाट (बञ्जारा), शिवलाल रानाभाट, राजु रानाभाट, केन्द्रीय पूर्व कोषाध्यक्षहरु बालचन्द्र रानाभाट, सुरेन्द्र रानाभाट, चितवन जिल्ला कार्य समितिका निवर्तमान अध्यक्ष राजु रानाभाट, काठमाडौं जिल्ला कार्य समितिका पूर्व अध्यक्ष रेशम रानाभाट, केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष हरि बहादुर रानाभाट र केन्द्रीय कोषाध्यक्ष तारा बहादुर रानाभाट र केन्द्रीय अध्यक्ष बाबुराम रानाभाटले शुभकामना मन्तव्य राखेका थिए । 

    त्यसैगरी, उक्त साधारण सभामा काठमाडौं जिल्ला कार्य समितिका पूर्व अध्यक्ष रेशम रानाभाटलाई ‘ उत्कृष्ट अध्यक्ष ’ विधा, वाग्मती कार्य समितिकी सदस्य सिता रानाभाटलाई ‘ उत्कृष्ट पदाधिकारी ’ विधामा सम्मान गरिएको थियो, भने कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरु र कार्य समितिका सम्पूर्ण पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । उक्त साधारण सभाको सम्पान कार्यक्रम सभापति कृण्ण रानाभाटले गरेका थिए, भने गणेश रानाभाटले कार्यक्रम संचालन गरेको थिए । 

    ‘ छैठौं अधिवेशन ’ बाट सन्तोष रानाभाटको अध्यक्षतामा नवनिर्वाचित कार्य समिति गठन भएको छ । अध्यक्षमा सन्तोष रानाभाट, वरिष्ठ उपाध्यक्षमा बलराम रानाभाट, उपाध्यक्ष झोक बहादुर रानाभाट, उपाध्यक्षमै प्रल्हाद रानाभाट, सचिव संजित कुमार पतनी भाट, सह – सचिव कमला रानाभाट, कोषाध्यक्षमा मिना रानाभाट, सदस्यहरुमा प्रदिप रानाभाट, निराज रानाभाट र मिना पन्थी रानाभाट निर्वाचित भएका छन्, भने सह – कोषाध्यक्षमा र केही सदस्यहरु नयाँ कार्य समितिले बैठक बसेर थप गर्ने जनाइएको छ । 

    ‘ छैठौं अधिवेशन ’ को निर्वाचन मण्डलको अध्यक्ष तारा बहादुर रानाभाट, सदस्यहरु पदमा रानाभाट, राजु रानाभाट, ओम कुमारी रानाभाट (बञ्जारा) र मनिषा रानाभाट रहेका थिए । नयाँ कार्य समितिमा निर्वाचित पदाधिकारीहरुलाई तारा बहादुर रानाभाटले सपथ ग्रहण गराएका थिए, भने हरि रानाभाटले टिका / खादा लगाई प्रमाण – पत्र हस्तान्तरण गरिएको थियो । ‘ हाम्रो प्रतिबद्धता, सामाजिक सद्भाव एवम् भाटबन्धुहरुबीच एकता ’ भन्ने नारा सहित रानाभाट / भाट समाज नेपालको स्थापना वि.स. २०४९ सालमा भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट