आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

देवचुलीमा स्कारपियोको ठक्करबाट महिलाको मृत्यु!


  • समाचार कुञ्ज
  • २०८२ माघ २, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • १० पाठक संख्या
  •  नवलपुरकाे  देवचुली नगरपालिकामा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ। आज साँझ करिब साढे ६ बजे देवचुली नगरपालिका–१४ देवचुली चोक स्थित पूर्व–पश्चिम राजमार्गमा कावासोतीबाट दलदलेतर्फ आउँदै गरेको बा १६ च ४७४० नम्बरको स्कारपियोले पैदलयात्रीलाई ठक्कर दिएको हो।
    दुर्घटनामा देवचुली नगरपालिका–१४ निवासी करिब ४२ वर्षीया जया अर्याल गम्भीर घाइते भएकी थिइन्। उनको टाउको र अनुहारमा चोट लागेको थियो। घाइते अवस्थामा उपचारका लागि देवचुली अस्पताल दलदले लगिएकोमा सामान्य उपचारपछि थप उपचारका लागि मध्यबिन्दु अस्पताल, डण्डा पठाइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नवलपुरले जनाएको छ । 
    दुर्घटनामा संलग्न स्कारपियो र चालक मकवानपुर जिल्ला, थाहा नगरपालिका–११ निवासी ४३ वर्षीय चन्द्रबहादुर गोले खोजतलासका क्रममा गैंडाकोट क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट