
समाचार कुञ्ज माघ , ११
नेपाल मगर संघ बौदिकाली गाउँपालिकाको दोस्रो गाउँ अधिवेशन शनिबार भव्यताका साथ सम्पन्न भएको छ ।
। सो अधिवेशनबाट मेघ बहादुर ठाडा निर्विरोध चयन भएका छन् । डेढगाउँमा भएको दोस्रो अधिवेशने मेघ बहादुर ठाडाको अध्यक्षता १७ नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन
गरेको हो ।
जसको प्रथम उपाध्यक्षमा सुब्बा सिन्जालि ,उपाध्यक्षमा भिम माया ठाडा,सचिवमा उमेश थापा,सहसचिवमा ओम बहादुर अस्लामि , कोषध्यक्षमा पुर्णमाया सिन्जालि, चयन भएका छन् । यस्तै सदस्यहरूमा कुल बहादुर ठाडा ,भुपाल सारू , नारायण झेडि ,सुन बहादुर ,सारू , रूम बहादुर सिन्जालि ,तिलचन राना, सान्ति सन्जालि , नौला सिं थापा, जगत बहादुर गेलाङग, खड्ग बहादुर सारू , राम बहादुर ठाडा , निरमाया ठाडा चयन भएका छन् ।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्य, प्रदेश पदधिकारी, जिल्ला कार्यसमितिका पदधिकारी , विभिन्न संघ संस्थामा आवद्व सामाजिक व्यक्तिहरू लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस