
समाचार कुञ्ज कावासाेति, माघ १७
कावासोती नगरपालिका वडा नं. १ का तत्कालीन वडा अध्यक्ष तथा राष्ट्रिय युवा संघका नेता तवारक अहमद मियाँको प्रथम पुण्य वार्षिकीको अवसरमा स्मृति सभा सम्पन्न भएको छ।
नेकपा एमाले कावासोती वडा कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय निर्वाचन समिति अध्यक्ष मदन गिरी, गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा मगर, नेकपा एमाले नवलपुर क्षेत्र नं. १ का उम्मेदवार भागीरथ सापकोटा तथा नेकपा एमाले केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं. २ का उम्मेदवार तिलक महतकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे थियो।
अतिथिहरूले स्व. तवारक अहमद मियाँले जनप्रतिनिधिका रूपमा वडामा गरेका विकास निर्माणका कार्य तथा पार्टी जिल्ला कमिटीमा रहेर संगठन निर्माणमा पुर्याएको योगदानको स्मरण गर्नुभएको थियो।
युवा नेता तवारक अहमद मियाँको २०८१ साल माघ १९ गते राष्ट्रिय युवा संघ नवलपुरको जिल्ला सम्मेलनमा सहभागी भइरहेकै क्रममा हृदयघातका कारण निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस