आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नेपाल शिक्षक महासंघ ऋषिङको  अध्यक्षमा शिवलाल वराली  चयन


  • समाचार कुञ्ज
  • २०८२ माघ २४, शनिबार मा प्रकाशित ३ हफ्ता अघि
  • १७ पाठक संख्या
  • नेपाल शिक्षक महासंघ ऋषिङ  गाउँ समितिको अध्यक्षमा शिवलाल वराली सर्वसम्मत चयन भएका छन् । नेपाल शिक्षक महासंघ ऋषिङ गाउँपालिकाको नयाँ कार्यसमिति सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार सम्पन्न भेला बाट ऋषिङ गाउँपालिका वडा नं -४ थप्रेक निवासी महेन्द्र ज्योति प्रा.वि का प्रधानाध्यापक शिवलाल वराली सर्वसम्मत  चयन भएका हुन । सो कार्यक्रममा शिक्षक महासंघ केन्द्रिय सदस्य सुर्य कुमार घिमिरेको प्रमुख अतिथि्यतामा नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशराज भट्टराईको संयोजकत्व र नेपाल शिक्षक महासंघ तनहुँको अध्यक्ष चन्द्रमणी कोइराला, अखिल नेपाल शिक्षक संगठन तनहुँका अध्यक्ष हेमलाल घिमिरे, नेपाल शिक्षक संघ तनहुँका उपाध्यक्ष  लक्ष्मी मल्ल , नेपाल शिक्षक संघ तनहुँका प्रवक्ता बृद्वि बहादुर वराली , उपस्थिति रहेको थियो । साथै सहमति हुन बाकी रहेको पदमा एक साता भित्र सदस्यहरू थप्ने निर्यण भएको छ । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट