
समाचार कुञ्ज नवलपुरमा कोपिला नेपालले अपाङ्गता सरोकार संस्थाका पदाधिकारी एवं अपांगता भएका व्यक्ति लक्षित ४ दिने आत्मसुरक्षा एवंसंरक्षण तालिम गरेको छ ।
माघ १८ देखि २१ गतेसम्म दलदलेमा चलेको तालिममा आर्थिक, राजनैतिक, सामाजिक, मनोवैज्ञानिक, यौनिक लगायतका हिंसाबाटजोगिन र हक-अधिकार सुनिश्चितताका लागि उत्प्रेरणा जगाउने उद्देश्य प्राप्तिमा फलदायी हुने अपेक्षाका साथ लक्षित वर्ग -समुदायमाआधारित तालिम गरिएको कोपिला नेपालका कार्यक्रम संयोजक तिर्थबहादुर थापा क्षेत्रीले जानकारी दिए ।
जिल्लाका हुप्सेकोट, विनयी त्रिवेणी, मध्यविन्दु र कावासोती ४ वटा पालिकाका २४ जना संस्थागत प्रतिनिधि सहभागी रहेका तालिमकोकोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवालले प्रशिक्षण दिएकी थिईन् ।
तालिम समापन सत्रमा प्रमुख अतिथिका रुपमा वोलेका प्रमुख बक्ता जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम बिश्वकर्मालेआ-आफ्ना पालिकाद्मा अपाङ्गता भएका व्यक्तिले खवरदारी गर्न आग्रह गर्दै आफूहरुले पनि घच्घचाउने बाचा गरे। उनले जिल्लासमन्वय समिति सदैव अभिभावकीय जिम्मेवारीका साथ हातेमालो गर्न प्रतिवद्ध रहेको दोहोर्याए।
सहभागीका तर्फबाट वोलेका कावासोतीका लक्ष्मण प्रसाद न्यौपानेले आफू अटो चालक समेत रहेको तर प्रहरी-प्रशासनबाट हौसला – प्रोत्साहन पाउनुपर्नेमा उल्टै निरुत्साहित पार्ने ब्यवहार हुने गरेको अनुभव सहितको दुखेसो पोखे । उनले समाज मात्रै नभएर जिम्मेवारसरकार समेत अपाङ्गता भएकाहरुप्रति हेयको मानसिकतामा जकडिकाले गरिखान खोज्नैलाई मागि खाने परिस्थितिमा पुर्याउने गरेकोआरोप लगाए।
तालिम पश्चात् आफूहरुमा क्षमता, नेतृत्व विकास, अधिकारका सवालमा आवाज उठाउन सक्ने हिम्मत र उत्साह वृद्धि हुनुका साथैउत्प्रेरणा जागृत र सिकाई भएको सहभागीले अनुभव व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस