
समाचार कुञ्ज नवलपुरमा प्रथम जिल्ला स्तरीय खुल्ला मेन्टर क्रिकेट प्रतियोगिता हुने भएको छ । नवलपुरको कावासोती नगरपालिकामा रहेको कुमारवर्ती क्याम्पसको प्राङ्गढमा मेन्टर एजुकेशनको आयोजनामा आगामी फागुन २ गतेदेखि प्रतियोगिता हुने मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।
प्रतियोगिताको विजेताले ५१ ह्जार १ सय ५५ रुपैंया प्राप्त गर्नेछन् भने दोस्रो हुनेले २५ हजार १ सय ५५ रुपैंया प्राप्त गर्ने कार्यक्रम संयोजक किरण भुर्तेलले पत्रकार सम्मेलनमा बताउनुभयो ।
त्यस्तै म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्स म्यान, उत्कृष्ट बलरले ट्रफि र मेडलसहित नगर २ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका हरेक खेल आइसीसीको नियमा अनुसार खेलाइने आयोजकले जनाएको छ । नवलपुर जिल्लामा क्रिकेटको विकास सँगै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकको भनाई छ ।
प्रतियोगिताका लागि फागुन १ गते दिउँसो चार बजेसम्म टीम दर्ता गर्ने समय रहेकाले समयमा नै नाम टिपाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस