
समाचार कुञ्ज घिरिङ गाउँपालिकाको आयोजनामा यही माघ २७ गते शनिबार बृहत् निशुल्क स्वास्थ्य शिविर सन्चालन हुने भएको छ ।
कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को प्राविधिक सहयोगमा हुने उक्त स्वास्थ्य शिविरमा फिजिसियन, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नशा रोग, बालरोग सम्बन्धिका विशेषज्ञ डाक्टरहरु द्वारा स्वास्थ्य परिक्षण हुनेछ ।
स्वास्थ्य शिविर वडा नम्बर ५ स्थितसरस्वती माविको विहान १० देखी दिउँसो ४ बजेसम्म हुनेछ घिरिङ गाउँपालिकाले जनाएको छ । उक्त स्वास्थ्य शिविरमा उपस्थित भईलाभ लिनुहुन गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले गाउँपालिकाबासीलाई अनुरोध गरेका छन् ।
उक्त शिविरमा रक्त परिक्षण (सुगर), पिसाव परिक्षण, मुटुको परिक्षण (इसिजी), भिडियो एक्सरे तथा निशुल्क ल्याव सम्बन्धि सेवाउपलब्ध हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस