
समाचार कुञ्ज माघ २७ , भिमाद
भिमाद नगरपालिका वडा नं ३ स्थित उच्च शिखर युवा क्लब माझकोट कोटथर द्वारा आयोजित शुद्द गाउँ तथा साविक वडा स्तरिय जुनियर पुरुष भलिबल प्रतियोगिताको उपाधी वंशान युवा क्लबले उचाल्न सफल भएको छ । आज भएको आयोजक र वंशान युवा क्लब बिचको फाइनल खेलमा आयोजकलाई ३-० को सोझो सेटमा हराउँदै वंशान युवा क्लबले उपाधी उचाल्न सफल भएको हो ।
प्रतियोगिताको उपाधी उचाल्दै वंशान युवा क्लबले ३० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने उपविजेता आयोजकले २० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै उक्त प्रतियोगितामा गणेशपुर तृतिय र पिरूङ्ग स्पोर्ट्स क्लब सान्त्वना भएका छन् ।
तृतिय स्थान हासिल गर्दै गणेशपुरले १० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। भने सान्त्वना स्थान हासिल गर्दै ५ हजार प्राप्त गर्न सफल भएको क्लबका अध्यक्ष दिपेन्द्र सिंह ठकुरीले जानकारी दिए ।
खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि भिमाद नगरपालिका वडा ३ का वडा अध्यक्ष पदम राज सेनले वडा न ३ ले खेलकुदलाई विशेष प्राथमिकता दिदै अगाडि बढिरहेको बताएका छन् । सेनले आगामी दिनहरुमा खेलाडीहरूको खेल कौशल वृद्धि गर्नको लागि वडाले विशेष ध्यान दिने बताएका थिए । कार्यक्रमलाई भिमाद नगरपालिका वडा नं ३ का वडा सदस्य बसन्त सिंह ठकुरी , राष्ट्रिय युवा संघ भिमादका अध्यक्ष विजय मल्ल लगायतले सम्बोधन गरेका थिए । माघ २३ गते देखि २७ गतेसम्म संचालन भएको खेलमा १७ टिमको सहभागिता रहेको क्लबका सचिव पूर्ण बहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस