आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बुलिङटारमा दादुरा तथा रुबेला खोप अभियान शुरु


  • समाचार कुञ्ज
  • २०८० फागुन १०, बिहिबार मा प्रकाशित २ साल अघि
  • ७ पाठक संख्या
  • बुलिङटार ९ फागुन । नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिकामा दादुरा तथा रुबेला खोप अभियान शुरु भएको छ । बुधबार स्थानीय तह स्तरीय तथा वडा स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण गोष्ठि सम्पन्न गरेको छ ।

    कार्यक्रम बुलिङटार गाँउपालिका स्वास्थ्य शाखाको आयोजना तथा बुलिङटार गाँउपालिकाका अध्यक्ष ईन्जिनियर दिपेन्द्र सुनारी मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।

    कार्यक्रमको सहजिकरण गर्दै बुलिङटार गाँउपालिका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले दादुरा तथा रुबेला खोप अभियान जिल्लामै पहिलो चरणको अभियान शुरु भएकोे बताउनु भयो ।

    कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले दादुरा तथा रुबेला खोप अभियान २०८०÷८१ को औचित्य र संचालनबारे संक्षिप्त रुपमा जानकारी गराउनु भएको थियो । उहाँले राष्ट्रिय खोप कार्यक्रमका मूख्य उदेश्यहरु प्रस्ट्याउदै दादुरा–रुबेला खोप अभियान सफलतापूर्वक सञ्चालन गर्न गराउन स्थानीय तहको साधन श्रोत जुटाउन र परिचालन गर्नमा सरोकार वाला सबैसँग समन्वय गरिनु पर्ने बताउनु भयो ।

    श्रेष्ठले यहि फागुन १३ गतेदेखि १७ गतेसम्म यस खोप अभियान शुरु हुने र हरेक वडामा स्वास्थ्यकर्मिहरु परिचालन गरिने बताउनु भयो ।कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष इन्जिनियर सुनारी मगरले दादुरा तथा रुबेला खोप अभियानबारे स्थानीय गाँउगाँउमा, टोल, समुदायसम्म प्रचारप्रसार गरिनु पर्ने बताउनु भयो ।

    कार्यक्रममा बुलिङटार गाउँपालिकाका उपाध्यक्ष दिलमाया राना, गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र भुषाल, बुलिङटार १, ३ र ४ का वडाअध्यक्षहरु, गाँउपालिकाका लेखा अधिकृत बाबुराम तिवारी, योजना शाखा प्रमुख सिताराम खनाल, शिक्षा शाखा प्रमुख बुद्ध प्रसाद रानाभाट, लेखापाल राम बहादुर केसी, बुलिङटार गाँउपालिका कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम बुलिङटार गाउँपालिकाको सभाहलमा भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट