आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

तनहुँ सेवा समाज कतारको `बृहत साँस्कृतिक´कार्यक्रम हुँदै : तयारी तिब्र


  • समाचार कुञ्ज
  • २०८० फागुन २८, सोमबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • दोहा : तनहुँ सेवा समाज कतारको आयोजनामा बहुउधेश्यी अक्षय कोषको सहोगार्थ बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

    "नेपालीहरुको नयाँ वर्ष २०८१ तथा ईस्लाम धर्मावलम्बीहरुको महान पर्ब ईद उल फितरको" शुभ अवसरमा ईदको दोस्रो दिन नेपाल देखि ख्याती प्राप्त चर्चित तनहुंगे कलाकारहरु लोकदोहोरी गायिका (अस्मिता डल्लाकोटि ) र गायक "बसन्त बिस्वकर्माको" उपस्थितिमा र कतारमै रहेका नेपालि कलाकारहरु द्वारा तनहुँको चिनारी भनेर चिनिने कौरा ( चुट्का ) बिशेस समेत समेटेर बृहत साँस्कृतिक कार्यक्रम २०२४ आयोजना गरिएको समाजका अध्यक्ष पदम गिरिले बताए । 

    बिसुद्घ परोपकारी कार्यको सहोगार्थ आयोजित कार्यक्रमलाई भब्य र सव्य रुपमा सफल पार्नका लागि उक्त मितिमा कुनै पनि कार्यक्रमहरु तय गरि नजुधाईदिनुहुन महासचिब सन्तोष रेग्मीले आग्रह गरेका छन । रेग्मीले कार्यक्रम सफल पार्न सबैले आ आफ्नो ठाउबाट सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गरिएको बताए । 

    “सबल र समृद्घ जिल्ला निर्माणमा प्रवासीको योगदान,सहयोग र सद्भाव सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने मुल नाराका साथ २००४ मा कतारमा स्थापित तनुङ्गेहरुको साझा संस्था तनहुँ सेवा समाज दोहा कतारले स्थापना कालदेखिनै प्रबास लगायत गृहजिल्लामा बिबिध सामाजिक र परोपकारी कार्यहरु गर्दै आईरहेको छ ।

    आउँदो अप्रिल ११ तारिक, दोहा स्थित होटल होलिडेकोको सभाहलमा आयोजना हुन लागेको बृहत साँस्कृतिक´ कार्यक्रमको तयारी तीब्र बनेको, आयोजक संस्था तनहुँ सेवा समाज कतारले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट