
समाचार कुञ्ज मेष
आज समय राम्रो छैन । पढाइ – लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउने छ । सवारीसाधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । व्यापार / व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ । माया प्रेममा धोका हुने छ भने दाम्पत्य जीवनमा खटपट आउने छ । आफन्त तथा साथीभाइ बीच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला ।
वृष
आज समय शुभ रहने छ । विभिन्न सहयोग र उपहार पाइने छ । आयआर्जन पनि राम्रै हुने छ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्ने छ । कामबाट पनि फुर्सद पाइने छ । सुख – दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिने छन् भने परिवारजनको साथले नयाँ आशा पलाउने छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमय रहने छ ।
मिथुन
आजको दिन राम्रो रहन सक्ने छ । विवादित विषयहरूबाट निचोड तपाईंकै पक्षमा आउने छ । पढ्ने – लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिने छ । पुराना समस्याबाट छुटकारा पाइने हुनाले मन प्रशन्न हुने छ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ – नयाँ काम गर्न सकिने छ । तपाईंसँग मनमुटावको भावना राख्ने तथा सत्रुता राख्न चाहनेहरू आफैँ कमजोर हुने छन् ।
कर्कट
आज समय शुभ छैन । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुने छ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुने छन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुने छ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुने छ ।
सिंह
आज समय राम्रो छैन । आफन्त तथा अग्रजहरूसँग विवाद सर्जन हुने छ । गैर न्यायिक काम नगर्नु होला दण्ड तथा जरिवाना हुने समय रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जाने छ । माया प्रेममा धोका हुने छ भने पढाइ – लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिने छ । विदेशी सामानको व्यापार / व्यवसाय फस्टाएर जाने छ, भने कर्म प्राप्तिको लागि लामो दुरीको विदेश यात्रा हुने छ ।
कन्या
आजको समय राम्रो रहने छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जाने छ भने धार्मिक क्षेत्र तिरको यात्रा गर्न सकिने छ । पढाइ – लेखाइमा मन जाने छ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्ने छ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिने छ ।
तुला
आज समय राम्रो रहने छ । नयाँ काम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुने हुँदा आर्थिक स्थिति सुदृढ हुने छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जाने छ । अध्ययनमा राम्रो सफलता हात लाग्ने छ । पैतृक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न हुने छ ।
वृश्चिक
आज समय शुभ छैन, स्वास्थ्यमा समस्या आउन सक्छ । चिसो र पखालाले ठूलो दुःख दिने सम्भावना छ, त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । पिसाब सम्बन्धि रोग एक्कासी देखापर्न सक्छ । एक पटक स्वास्थ्य जाँच गराउनु नै उचित हुने छ । आज गरेको लगानीबाट नोक्सानी हुन सक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला ।
धनु
आज समय खराब छ । आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइने छ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ । समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला ।
मकर
आज समय राम्रो रहने छ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने छ । तपाईँले शुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङकन हुने ग्रहयोग रहेको छ । व्यापार / व्यवसायमा भने जस्तो नाफा कमाउन सकिने छ भने छोटो तथा रमाइलो व्यावसायिक यात्राको तय हुने छ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहने छ ।
कुम्भ
आजको समय त्यति राम्रो देखिंदैन । यात्रामा झण्झट, लेनदेन गर्दा ज्यादा घाटा पर्ने छ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनु पर्ने छ । कुनै दलालले पैसा ठगिदिने, छातीमा खराबी, रोग बाधाको बलियो सम्भावना रहेको छ । समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नु पर्ने आवश्यकता देखिन्छ ।
मीन
आज समय राम्रो छ । टाढाबाट नगद प्राप्त हुने छ । नवीन कार्यको थालनी गर्दा राम्रो, शारीरिक अवस्था पनि राम्रा हुने छन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्ने छ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहने छ । समग्रमा समय शुभ रहने छ । भरपूर फाइदा उठाउनुहोला । सामाजिक क्षेत्रबाट सम्मान मिल्ने योग पनि छ ।

प्रतिक्रिया दिनुहोस