आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

एच पि भी खोप अभियान: घिरिङमा सरोकार वलाहरु संगको अन्तरक्रिया सम्पन्न


  • समाचार कुञ्ज
  • २०८२ माघ २८, बुधबार मा प्रकाशित ३ महिना अघि
  • ५० पाठक संख्या
  • माघ २८ तनहुँ ,

    एच पि भी खोप अभियान २०८२ घिरिङ गाउँपालिका स्तरीय  सरोकार वलाहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बिद्यालय केन्द्रित एच .पि.भि. खोप कार्यक्रम सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रममा घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा घिरिङ गाउँपालिका उपाध्यक्ष राधादेवि अधिकारी , वडा नं २ का वडा अध्यक्ष नर बहादुर थापा,वडा नं ३ का वडा अध्यक्ष तहल सिं थापा, वडा नं ४ का वडा अध्यक्ष भिम बहादुर कुमाल ,कार्यपालिका सदस्यहरु पार्वति विक , सरिता विक इश्वरी श्रेष्ठ , टोप बहादुर रामदाम , लगायतको सरोकारवालाहरुको उपस्थिती रहेको थियो।कार्यक्रममा भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. सुदन अधिकारीले सहजीकरण गर्नु भएको थियो।कार्यक्रममा स्वास्थ्य अधिकृत सुविन श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट