आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नवलपुरका पालिकाको कार्य सम्पादनमा देवचुली पहिलो


  • समाचार कुञ्ज
  • २०८२ फागुन १, शुक्रबार मा प्रकाशित २ हफ्ता अघि
  • ४५ पाठक संख्या
  • देवचुली । नवलपुरका स्थानीय तहहरूको कार्य सम्पादन मूल्याङ्कनमा देवचुली नगरपालिका पहिलो भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार देवचुलीले ७०.२२ अङ्क प्राप्त गर्दै अङ्कसहित जिल्लाको पहिलो भएको हो । उक्त मूल्याङ्कनमा विनयी त्रिवेणी गाउँपालिका ६८.४६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ भने हुप्सेकोट गाउँपालिकाले ६७.५९ अङ्क ल्याउँदै तेस्रो स्थान सुरक्षित गरेको छ। कावासोती नगरपालिका ६३.३१ अङ्कका साथ चौथो स्थानमा छ।

    त्यसैगरी गैंडाकोट नगरपालिका ५९.६४ अङ्कसहित पाँचौं, मध्यविन्दु नगरपालिका ५८.५२ अङ्कसहित छैटौं र बौदीकाली गाउँपालिका ५७.१८ अङ्कसहित सातौं स्थानमा रहेका छन्। बुलिङटार गाउँपालिकाले ५५.७५ अङ्क प्राप्त गर्दै जिल्लाभर सबैभन्दा कम अङ्क ल्याएको छ ।

    आयोगले स्थानीय तहहरूको मूल्याङ्कन १७ वटा सूचकका आधारमा गरेको जनाएको छ । बजेट समयमै सार्वजनिक र पारित गरे/नगरेको, प्रदेश सरकारलाई दिनुपर्ने राजस्वको ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको, आगामी आर्थिक वर्षको बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा पेश गरे/नगरेको तथा कात्तिक मसान्तभित्र बजेट समीक्षा सार्वजनिक गरे/नगरेकोजस्ता विषयहरू मूल्याङ्कनका प्रमुख आधार बनेका थिए ।

    यसका अतिरिक्त राजस्व परिचालनको अवस्था, बजेट खर्च प्रगति, बेरुजु, सूत्र सफ्टवेयरको प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा टिकाउ दर, गर्भ जाँच गराउने महिलाको अनुपात, एसइई नतिजा तथा खोप लगाइएका बालबालिकाको प्रतिशतलाई समेत मूल्याङ्कनमा समेटिएको आयोगले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट