आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

कावासोती–३ मा महतको मतदाता भेटघाटस् “पहिलो कार्यकालमा ठूलो योजना सुरु, अब वडाका अन्य विकास प्राथमिकता”


  • समाचार कुञ्ज
  • २०८२ फागुन २, शनिबार मा प्रकाशित २ हफ्ता अघि
  • २८ पाठक संख्या
  • नवलपुर – प्रतिनिधिसभा निर्वाचन फागुन २१ मा नजिकिँदै गर्दा, नवलपुर क्षेत्र नम्बर दुईका एमालेका उम्मेदवार तिलक महतले मतदाता भेटघाटलाई तीव्र बनाउनु भएको छ।

    आज कावासोती वडा नम्बर–३ मा भएको मतदाता भेटघाटमा महतले आफ्नो पहिलो कार्यकालमा निर्वाचित हुँदा नमूना सदरमुकामको ठूलो योजना अघि सारेको स्मरण गर्दै, अब वडाका अन्य विकास योजनाहरूमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    उहाँले भन्नुभयो, “अघिल्लो पटक ठूलो योजनातर्फ अलि दौडधुप भयो, केही साना काम पनि भए। अब वडा नम्बर–३ का पूर्वाधार विकास र साना योजनाहरू मेरो प्राथमिकतामा छन्, तपाईँहरू ढुक्क हुनुहोस्।”

    महतले कावासोती–३ लाई दीर्घकालीन आर्थिक विकासका दृष्टिले नमूना वडाका रूपमा विकास गर्ने र यसलाई भविष्यमा आर्थिक हबको रूपमा परिणत गर्ने विश्वास व्यक्त गर्नुभयो।

    भेटघाटमा सहभागी मतदाताले नमूना सदरमुकामको योजना अघि सारेकोमा महतलाई धन्यवाद दिँदै, अब वडाभित्रका बाँकी काम पनि पूरा हुनेमा विश्वास व्यक्त गरेका थिए र उहाँलाई आगामी कार्यकालका लागि शुभकामना दिएका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट