आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

निर्वाचनका लागि तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस


  • समाचार कुञ्ज
  • २०८२ फागुन १०, आईतबार मा प्रकाशित १ हफ्ता अघि
  • ३९ पाठक संख्या
  • काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका लागि ३ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ। आयोगले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सिफारिस गरेको हो।

    आयोगले निर्वाचनमा मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले बिदा दिन आग्रह गरेको हो ।

    निर्वाचनमा उत्साहजनक सहभागिता बढाउन मतदानको अघिल्लो दिन, मतदानको दिन र भोलिपल्टसमेत गरी तीन दिन सार्वजनिक बिदा दिन नेपाल सरकारलाई सिफारिस गरिएको आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले बताए ।

    फागुन १८ गते सोमबार पहाडी जिल्ला र फागुन १९ गते मङ्गलबार तराईका जिल्लामा फागु पूर्णिमा अर्थात् होली पर्वको सार्वजनिक बिदा परेको छ ।

    तीन दिन सार्वजनिक बिदा दिँदा विभिन्न पेसा र व्यवसायमा मतदाता नामावली भएको स्थानबाट टाढा रहेका मतदातालाई मतदान स्थलसम्म जान सहज हुने विश्वास गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट