आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

भारी मत सहित तनहुँ २ बाट रास्वपाका न्यौपाने विजयी


  • समाचार कुञ्ज
  • २०८२ फागुन २४, आईतबार मा प्रकाशित १ महिना अघि
  • ५१ पाठक संख्या
  • दुलेगौडा ।प्रतिनिधि सभा सदस्य को निर्वाचन अन्तर्गत तनहुँ २ बाट राष्ट्रीय स्वतन्त्र पार्टी का उम्मेदवार श्रीराम न्यौपाने विजयी भएका छन् ।

    न्यौपाने ३२ हजार ६८७ मत प्राप्त गरी विजयी भएका हुन् । राष्ट्रीय स्वतन्त्र पार्टीको केन्द्रीय उर्जा विभाग प्रमुख समेत रहेका न्यौपानेले काङ्ग्रेस उम्मेदवार शंकर भण्डारीलाई दोव्वर बढि मतान्तरले पछि पारेको निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकीले जनाएको छ ।

    यहाँ काङ्ग्रेस उम्मेदवार भण्डारीले १४ हजार १३५ मत प्राप्त गरेका छन भने एमालेका उम्मेदवार केदार सिग्देलले ११ हजार ६६८ मत ल्याउदा नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापा एसबी सहित अन्य दलका उम्मेदवारले जमानत समेत जोगाउन सकेनन् ।

    यो क्षेत्रमा १ लाख २७ हजार ५१५ मतदाता रहेकोमा जम्मा ६६ हजार ७७२ मत खसेको निर्वाचन अधिकृत भेषराज पौडेलले जानकारी दिए । पौडेलले खसेको कुल मत मध्ये ६२ हजार ५७९ मत सदर र तीन हजार ५२२ मत बदर रहेको बताए ।

    तनहुँ २ मा ११ राजनीतिक दलका उम्मेदवारहरुले प्रतिष्पर्धा गरेका थिए । यो क्षेत्रमा व्यास नगरपालिकाको ५ र ६ नम्वर वडासहित शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाँउपालिका, घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिका पर्दछ ।

    तनहुँ १ बाट भने रास्वपाका उपसभापति समेत रहेका स्वर्णिम वाग्ले बिजयी भैसकेका छन् । उनी तनहुँ १ बाट दोस्रो पटक निर्वाचित भएका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट