आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

राजन गौतमले तोडे नवलपुर-१ मा कांग्रेसको ३४ वर्षे विरासत


  • समाचार कुञ्ज
  • २०८२ फागुन २४, आईतबार मा प्रकाशित १ महिना अघि
  • ५२ पाठक संख्या
  • नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवलपुर-१ मा नेपाली कांग्रेसको ३४ वर्षदेखिको विरासत तोडेको छ । २०४८ सालदेखि कांग्रेसलाई यो क्षेत्रमा कसैले हराउन सकेको थिएन । तर, रास्वपा उम्मेदवार राजन गौतमले भारी मतान्तरको जित निकाल्दै कांग्रेसको विरासत तोडे ।

    गौतमले ५० हजार ९ सय ४५ मत पाएर जित्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २ सय ९३ मात्र मत पाए । गौतमको जितमा ३४ हजार ६ सय ५२ मतान्तर छ ।नेकपा एमालेका भागिरथ सापकोटाले ९ हजार १ सय ३१ मत पाए । कांग्रेसको गढ भनिने यो क्षेत्रबाट कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले लगातार ४ पटक जितेका थिए । २०६४ सालदेखि शशांकले जित्दै आएको क्षेत्रमा यसपालि कांग्रेसले उम्मेदवार फेरेको थियो । तर, देशभरि चलेको रास्वपाको लहरमा कांग्रेसको नयाँ कार्डले काम गरेन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट