आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिष खनाल विजयी


  • समाचार कुञ्ज
  • २०८२ फागुन २४, आईतबार मा प्रकाशित १ महिना अघि
  • ४३ पाठक संख्या
  • नवलपुर । प्रतिनिधि सभा निर्वाचन अन्तरगत नवलपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष खनाल ४१ हजार ३४७ मत सहित विजयी भएकाछन् ।
    उनी २५ हजार ५९२ मत अन्तरले विजय भएका हुन् । यहाँ एमालेका तिलक महत १५ हजार ७५५ मत प्राप्त गरि दोस्रो स्थानमा रहँदा नेपाली कांग्रेसका ओम बहादुर घर्ती १४ हजार ७१३ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।
    नवलपुर क्षेत्र नम्बर २ मा ७९ हजार ८०२ मत खसेको थियो । दुई नम्बर क्षेत्रमा कुल मतको ६० दशमलब ७१ प्रतिशत मत खसेको थियो । दुई निर्वाचन क्षेत्र रहेको नवलपुरमा दुवैतर्फ गरि १ लाख ६४ हजार ७८८ अर्थात ६१ दशमलब ३६८ प्रतिशत मत खसेको थियो ।

    यस्तो थियो नवलपुरको निर्वाचन विवरण
    नवलपुरमा एक सय १४ वटा मतदान स्थल र ३ सय ११ मतदान केन्द्र रहेका थिए । एउटा अस्थायी मतदान केन्द्र रहेको थियो । सबै मतदान स्थलमा गरि कुल एक हजार ८७९ कर्मचारी परिचालन गरिएको थियो ।
    दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कुल २ लाख ६८ हजार ५२६ मतदाता रहेका थिए । जस अन्तरगत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष मतदाता ६५ हजार ९८२ , महिला मतदाता ७१ हजार ९८ र अन्य एक गरि कुल १ लाख ३७ हजार ८१ मतदाता रहेका थिए ।
    प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ तर्फ पुरुष मतदाता ६३ हजार ७२ ,महिला मतदाता ६८ हजार ३७० र अन्य मतदाता ३ जना गरि कुल १ लाख ३१ हजार ४४५ मतदाता रहेका थिए ।
    नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम भएका थिए । नवलपुर १ मा १६ जना उमेदवार र नवलपुर २ मा १८ जना उमेदवार २०८२ को फागुन २१ गते भएको निर्वाचनमा सहभागि थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट