
समाचार कुञ्ज काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहानगठठाघरस्थित अस्पतालमा निधन भएको हो ।
अस्पताल स्रोतका अनुसार केही समय यता मोहन प्रसादओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओलीनिवास गुण्डुमा लैजाने तयारी गरिएको छ साथै आजैपशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।

प्रतिक्रिया दिनुहोस