आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

पाल्पामा बलेराेकाे ठक्करबाट एक जनाकाे मृत्यु


  • समाचार कुञ्ज
  • २०८२ चैत्र १, आईतबार मा प्रकाशित १ महिना अघि
  • ४२ पाठक संख्या
  • पाल्पा- जिल्लाकाे बगनासकाली-२ रोकाडाँडामा बोलेरो पिकअपले स्कुटरलाई ठक्कर दिँदा एक युवककाे मृत्यु भएको छ।सिद्धार्थ राजमार्ग हुँदै पाल्पाको आर्यभञ्ज्याङ्गबाट बर्तुङतर्फ आउँदै गरेको लु १ प ३७४० नम्बरको बोलेरो पिकअपले विपरीत दिशाबाट जाँदै गरेको लु ८४ प ४३४८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालककाे मृत्यु भएकाे हाे ।
    दुर्घटनामा परी स्कुटर चालक माथागढी-१ निवासी ३६ वर्षीय खिलेश्वर घर्तीमगर रहेकाे प्रहरीले जनाएकाे छ ।
    जिपकाे ठक्करबाट गम्भीर घाइते हुनुभएका घर्तीमगरलाई उपचारकाे लागि लुम्विनी मेडिकल कलेज प्रभास पु-याइएपनि बाटाेमै मृत्यु भएकाे बताइएकाे छ । मृतक भारतीय सेनामा कार्यरत रहेको स्थानीय बासिन्दाले बताएका छन् । जिप चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट