आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

पाँचौ शुक्लागण्डकी महोत्सवमा आज श्याम, होमेश, सुमन र स्बालको प्रस्तुती


  • समाचार कुञ्ज
  • २०८२ चैत्र ८, आईतबार मा प्रकाशित ३ हफ्ता अघि
  • ४३ पाठक संख्या
  • दुलेगौंडा, ८ चैत । पाँचौ शुक्लागण्डकी महोत्सव–२०८२ अन्तर्गत आज विभिन्न कलाकारको प्रस्तुती रहने भएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्ला चौरमा आयोजना गरेको महोत्सवमा आइतवार कलाकार श्याम राना, होमेश भण्डारी, सुमन थापा र स्बाल सन्जालको प्रस्तुती समावेश गरिएको कलाकार व्यवस्थापन उपसमिति संयोजक प्रेम बहादुर श्रेष्ठले जानकारी दिए ।
    आर्थिक समाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्धन, शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ जारी महोत्सव चैत १७ गते सम्म चल्ने छ । महोत्सवमा राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई समावेश गरिएको आयोजकले जनाएको छ । साथै पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय नृत्य प्रतियोगिता समावेश गरिएको श्रेष्ठले जानकारी दिए । यसपटक टिकटक र रिल्स प्रतियोगिता समेत आयोजना गरिएको छ । महिला उद्यमी विकास समिति र सम्पूर्ण वडा व्यवस्थापन समिति को सह–आयोजनामा महोत्सव भएको हो । महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था, सुचना केन्द्र, स्वास्थ्य शिविर लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट