
समाचार कुञ्ज चैत ,१२
बौदीकाली गाउँपालिका वडा नं. २ नवलपरासी (पूर्व) स्थित श्री डेढगाउँ माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना कार्य सफलतापूर्वक सम्पन्न भएको छ । यसअघि सम्पन्न ल्याब तयारी अभिमुखिकरण तथा सम्झौता पत्र हस्ताक्षर कार्यक्रम अनुसार सम्झौता पत्रमा उल्लेख सबै मापदण्ड पुरा गरी विद्यालयमा ल्याब स्थापना गरिएको हो ।

कम्प्युटर ल्याब स्थापना तथा जडान कार्यका लागि कर्म फ्लाइट्स नेपाल, पोखराका आइटी अफिसर श्री सुबास पौडेल र एडु टेक नेपाल ललितपुरका क्षेत्रिय निर्देशक श्री आकाश कुमार दासको उपस्थितिमा ल्याब इन्स्टलेसनको कार्य सम्पन्न भएको हो। ल्याब स्थापना कार्यक्रम अन्तर्गत बौदीकाली गाउँपालिका र सहयोगी संस्थाहरु विच यसै आर्थिक वर्षको गत श्रावण महिनामा सम्झौता भएको थियो । सम्झौतामा बौदीकाली गाउँपालिकाको तर्फबाट कक्षाकोठा तयारी, फर्निचर व्यवस्थापन तथा विद्युत् वयरिङको कार्य सम्पन्न गर्न रु ४,००,००।– र कर्म फ्लाइट्स नेपाल, पोखरा र इडु टेक नेपाल, ललितपुरबाट रु १०,००,०००।– गरी जम्मा १४,००,०००।– को परियोजना सम्पन्न गर्ने उल्लेख भए अनुसार विद्यालयमा ल्याब स्थापना गरिएको हो । सम्झौता अनुसारका सबै मापदण्डहरु पुरा गरिएको विद्यालयले जानकारी गराएको छ ।
कम्प्युटर ल्याब स्थापना भएसँगै विद्यालयका विद्यार्थीहरूलाई सूचना तथा प्रविधि सम्बन्धी ज्ञान तथा सीप विकासमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसले डिजिटल शिक्षामा पहुँच विस्तार गर्नुका साथै प्रभावकारि शिक्षण गतिविधिलाई सुनिस्चित गरि विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
विद्यालय परिवारले यस महत्वपूर्ण सहयोगका लागि कर्म फ्लाइट्स नेपाल, पोखरा र इडु टेक नेपाल, ललितपुरका प्रति हार्दिक आभार तथा सम्मान व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस