आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

जेन–जेड नवलपुरको विधान हस्तान्तरण


  • समाचार कुञ्ज
  • २०८२ चैत्र १४, शनिबार मा प्रकाशित २ हफ्ता अघि
  • ८६ पाठक संख्या
  • तिर्थराज काफ्ले नवलपुर —

    जेन–जेड नवलपुर समूहको विधान मस्यौदाकार एवं सल्लाहकार संयोजक समिर लामिछानेले समूहका अध्यक्ष आयुष पाण्डेलाई विधान हस्तान्तरण गरेका छन्। एक कार्यक्रमका बीच सम्पन्न उक्त हस्तान्तरणले संगठनलाई औपचारिक र व्यवस्थित ढंगले अगाडि बढाउने आधार तयार भएको जनाइएको छ।
    कार्यक्रममा बोल्दै संयोजक लामिछानेले युवाहरूको सक्रियता, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखेर विधान तयार गरिएको बताए। उनले विधानले संगठनलाई स्पष्ट दिशा दिने र दीर्घकालीन रूपमा प्रभावकारी रूपमा सञ्चालन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
    अध्यक्ष पाण्डेले विधान प्राप्त गरेपछि समूहलाई अझ सशक्त, अनुशासित र लक्ष्य केन्द्रित बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले जेन–जेड पुस्तालाई एकताबद्ध गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने दिशामा समूहले महत्वपूर्ण भूमिका खेल्ने बताए।
    कार्यक्रममा जेन–जेड नवलपुर समूहका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट