आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा चैत १९ गतेदेखि ‘तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो – २०८३’ हुने


  • समाचार कुञ्ज
  • २०८२ चैत्र १५, आईतबार मा प्रकाशित २ हफ्ता अघि
  • १६ पाठक संख्या
  • निराज रानाभाट, काठमाडौं । ‘ नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरण सहित आय र रोजगार ’ भन्ने मूल नारासहित नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा ‘तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो – २०८२’ हुने भएको छ । उक्त एक्स्पो चैत १९ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुने छ । संघका अनुसार नेपालमा तीव्र गतिमा विस्तार हुँदै गएको फूल नर्सरी, फलफूल नर्सरी, कृषि वन तथा जडीबुटी नर्सरी क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले यो बृहत् प्रदर्शनी आयोजना गर्न लागिएको हो । उक्त एक्स्पोमा देशभरका नर्सरी व्यवसायीहरूको सहभागीता रहने छ । उक्त एक्स्पोमा व्यवसायीक स्टल, सुचनामुलक स्टल, प्रतिस्पर्धा स्टललगायत गरी ५० वटा भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।

    यसैगरी, उक्त एक्स्पो अवधिमा उत्कृष्ट प्रस्तुतिका आधारमा विभिन्न विधामा पुरस्कार वितरण गरिने संघले जनाएको छ । उत्कृष्ट हार्टिकल्चर प्रस्तोता, उत्कृष्ट फूल प्रस्तोता, उत्कृष्ट ल्यान्डस्केप डिजाइन, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट सजावटी बिरुवा, उत्कृष्ट फूल्ने बिरुवा, उत्कृष्ट फलफूल बिरुवा तथा उत्कृष्ट औषधीय तथा सुगन्धित बिरुवा विधामा विजेतालाई नगद, शिल्ड र प्रमाण – पत्र प्रदान गरिने आयोजकले जनाएको छ । यसका साथै ‘ दीर्घकालीन नर्सरी व्यवसायी सम्मान २०८२ ’ र ‘ विशेष उत्पादक नर्सरी व्यवसायी सम्मान २०८२ ’ पनि प्रदान गरिने संघले जनाएको छ ।

    संघका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रविन कुमार गौतमले नर्सरी व्यवसायको प्रवर्द्धन, व्यवसायीबीच अनुभव आदानप्रदान र बजार विस्तारका लागि एक्स्पो महत्वपूर्ण अवसर हुने बताएका छन् । संघका अनुसार यस वर्ष करिब ३५ हजार अवलोकनकर्ताहरूद्दारा अवलोकन हुने तथा १ करोड २५ लाख भन्दा बढीको व्यवसायिक कारोबार हुने अनुमान गरिएको छ । उक्त एक्स्पोलाई भव्य रूपमा संचालन गर्न विभिन्न संघ / संस्थाहरूको सहयोग तथा सहकार्य रहेको संघले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट