
समाचार कुञ्ज दीपेन्द्र रेग्मी, चैत २१, कावासोती ।
कावासोतीको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा निःशुल्क मोतियाविन्दुको अप्रेसन शिविर आजदेखि सुरु भएको छ ।
नवलपुरको कावासोतीमा स्थापित रोटरी क्लब अफ कावासोतीको आयोजना एवं तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा आजदेखि आउँदो चैत २३ गते सम्म (२१, २२ र २३ गते) ३ दिन चल्ने निःशुल्क मोतियाविन्दुको अप्रेसन शिवि सुरु गरिएको हो ।
जिल्लाको विभिन्न स्थानमा गरिएको निःशुल्क आँखा परिक्षणका क्रममा भेटिएका मोतियाविन्दुका विरामिहरुको पुनः आँखा जाँच एवं स्वास्थ्य परिक्षण सहित आजैबाट अप्रेसन समेत सुरु गरिएको रोटरी क्लब अफ कावासोतीका वर्ष २०२५÷०२६ अध्यक्ष नारायण प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

विगत ७ वर्षदेखि निरन्तर जिल्लाको विभिन्न स्थानमा शिविर गर्दै आईरहेको रोटरी क्लब र आन्भि स्मृति संस्था कावासोतीको संयुक्त आयोजनामा भएका निःशुल्क आँखा परिक्षण शिविरहरुलाई जेष्ठ नागरिक विषेश मोतियाविन्दुको स्क्रिनिङ् शिविरका रुपमा सञ्चालन गरेको थियो ।
विगत १५ दिन देखि गरिएको शिविरबाट २५० भन्दा बढि मोतियाविन्दु भएका विरामिहरु भेटिएको र उनिहरुको आज, भोलि र पर्सि दैनिक ६० जना भन्दा धेरैको दरले अप्रेसन गर्ने गरि डाक्टरहरु आवश्यक अन्य जनशक्ति परिचालित भएको रोटरीयन न्यौपानेको भनाई छ ।
न्यौपानेले आफ्नो अध्यक्षतापछिको यो दोश्रो निःशुल्क शिविर सञ्चालन गरिएको भन्दै यस अगाडि विभिन्न स्थानमा गरिएको शिविरबाट २ सय ४२ जनाको निशुल्क मोतियाविन्दुको अप्रेसन गरिसकिएको बताउनुभयो ।
आज भै रहेको शिविरमा स्वंयसेवकको रुपमा उभिएर विभिन्न व्यक्तिहरुलाई पालैपालो डाक्टरसम्म पुग्न मद्दत गरिरहनुभएका रोटरी क्लब अफ कावासोतीका संस्थापक अध्यक्ष भरत पोख्रेललेः जिल्लामा हरेक वर्ष मोतियाविन्दुको सयौँ विरामिहरु बढिरहेको भन्दै रोटरीले विभिन्न पालिकाहरुसँग समेत समन्वय गरेर गाउँगाउँमा पुगि शिविरहरु सञ्चालन गर्दै आईरहेको सुनाउनुभयो ।
उहाँले जिल्लामा आँखाको जस्तोसुकै अप्रेसनहरु सहज ढङ्गले हुनसक्ने कमसेकम एउटा सुविधा सम्पन्न छुट्टै अस्पतालको आवश्यकता महसुस भएको भन्दै तिलगंगा आँखा प्रतिष्ठानलाई जिल्लामै स्थापना गर्ने गरि आँफुहरुले योजना बनाईरहेको समेत बताउनुभयो ।
आज शनिबार विद्यालय विदाको दिन भैरहेको निःशुल्क अप्रेसन शिविरमा रोटरीयन एवं सिद्धार्थ आवासिय मा.वि.कावासोतीका सहायक प्रिन्सिपल अशोक पौडेल सहित रोटरी क्लब अफ कावासोतीका विभिन्न पदाधिकारी एवं सदस्यहरुले समेत शिविरमा सहजिकरण गर्नुभएको छ ।
त्यस्तै आन्भि स्मृति संस्थाका संस्थापक एवं मध्यविन्दु आँखा उपचार केन्द्र कावासोतीका सञ्चालक प्रदिप भट्टराई लगायतले विरामिहरुको आँखा परिक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस