
समाचार कुञ्ज रकुवा, बौदीकाली
नवलपुरको बौदीकाली गाउँपालिका–३, रकुवा स्थित श्री महर्षि गुरुकूल मूल ब्रह्मचर्याश्रमको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयनगरिएको छ। संस्थाको विधान अनुसार अघिल्लो तदर्थ समितिको कार्यकाल समाप्त भएपछि आज सम्पन्न भेलाले नयाँ नेतृत्व चयनगरेको हो । भेलाले लक्ष्मण सुनारको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।
जसमा अध्यक्ष: लक्ष्मण सुनार, उपाध्यक्ष: सिता देवि अधिकारी , कोषाध्यक्ष: विनोद वि.क, सचिव: श्याम बहादुर थापा मगर ,सह–सचिव: प्रदिप विसाल वि.क., चयन भएका छन् । सदस्यहरूमा कृष्ण प्रसाद पराजुली, लक्ष्मी पेगेनी, पतिसरा अधिकारी र सुरज सुनाररहेका छन् ।
संस्थालाई सही मार्गनिर्देशन र सल्लाह प्रदान गर्नका लागि ११ सदस्यीय एक अनुभवी सल्लाहकार समिति समेत गठन गरिएको छ।जसमा हरि प्रसाद ढकाल, डिल्ली राज ढकाल, तेज बहादुर थापा मगर, केशव राज अधिकारी, राधेश्वर पौडेल, राम प्रसाद पेगेनी, सुर्यप्रसाद उपाध्याय, मीन बहादुर लामिछाने, शंकर कुमार विश्वकर्मा, टोप लाल रुचाल र नयन प्रकाश पोख्रेल रहनुभएको छ।
गण्डकी प्रदेशको नवलपुर स्थित यस गुरुकूलले स्थानीय क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको छ। नवनिर्वाचित कार्यसमितिले संस्थाकोविधान र उद्देश्य अनुरूप गुरुकूलको शैक्षिक तथा भौतिक विकासका लागि पूर्ण सक्रियताका साथ काम गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस