आज: २०८३ बैशाख १, मंगलबार | Tue, 14, Apr, 2026

भिमाद बचत तथा ऋण सहकारी संस्थाको भित्तेपात्रो विमोचन सम्पन्न


  • समाचार कुञ्ज
  • २०८२ चैत्र २७, शुक्रबार मा प्रकाशित ४ दिन अघि
  • ९ पाठक संख्या
  • भिमाद बचत तथा ऋण सहकारी संस्था अध्यक्ष काजीमान श्रेष्ठज्यूको आतिथ्यमा नयाँ वर्ष २०८३ सालको शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ।

    उक्त अवसरमा अध्यक्ष श्रेष्ठज्यूले सहकारी संस्थासम्बन्धी सर्वसाधारणमा देखिएका भ्रममा नपरी ढुक्कसँग कारोबार गर्न आग्रह गर्नुभयो। साथै, सहकारी संस्थाको विश्वासनीयता र पारदर्शितामा जोड दिँदै सदस्यहरूलाई सकारात्मक सहभागिताका लागि प्रेरित गर्नुभयो।

    कार्यक्रममा संस्थाका सम्पूर्ण कार्यसमिति सदस्य तथा सल्लाहकारहरूको उपस्थिति रहेको थियो। सोही अवसरमा नयाँ वर्ष २०८३ सालको शुभकामना आदान–प्रदान पनि गरिएको जानकारी कार्यसमिति सदस्य सूर्य थापाले दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट