
समाचार कुञ्ज चैत ,२८
रानाभाट/भाट समाज नेपाल जिल्ला कार्यसमिति नवलपुरको आयोजनामा नयाँ वर्ष २०८३ सालको शुभकामना आदन प्रदान तथा बुलिङटार ईकाई कमिटिको दोस्रो अधिवेशन आज सम्पन्न भएको छ ।
हाम्रो प्रतिवद्धता सामाजिक सद्भाव एवं रानाभाट / भाट बन्धुहरुबीच एकता ’ भन्ने मूल नारासहित स्थापना भएको रानाभाट/ भाट समाज बुलिङटार इकाइ कमिटिको नयाँ समितिको अध्यक्षमा मोहन रानाभाट चयन भएका छन् । आज सम्पन्न समाजको दोस्रो पालिका अधिवेशनले मोहन रानाभाटको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको हो ।

समाजको कार्य समिति उपाध्यक्षमा बल बहादुर रानाभाट, मोति रानाभाट ,महिला उपाध्यक्षमा तिला रानाभाट, सचिवमा आनन्द रानाभाट, सह – सचिवमा रामचन्द्र रानाभाट र कोषध्यक्षमा विना रानाभाट चयन भएका छन् । यसैगरी, समाजको कार्य समितिका सदस्यहरुमा टेक बहादुर रानाभाट,पुर्ण बहादुर रानाभाट, पवित्रा रानाभाट, मन बहादुर रानाभाट, आविस्कार रानाभाट रहेका छन् ।
त्यस्तै, अधिवेशनका प्रमुख अतिथि समेत रहेका बुलिङटार गाउँपालिकाका अध्यक्ष ईन्जिनियर दिपेन्द्र सुनारीले आगामी दिनमा सबै रानाभाट बन्धुहरुलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै यस समाजमा सदस्य नभएका बन्धुहरुलाई पनि समाजको छाता संगठनमा आवद्ध हुन पर्ने बताएका थिए ।
त्यसैगरी, अधिवेशनमा रानाभाट / भाट समाज नेपालका केन्द्रिय सचिव बलराम रानाभाट, केन्द्रिय सह कोषध्यक्ष मन बहादुर रानाभाट , देबचुली नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष सुरेश कुमार रानाभाट, बुलिङटार गाउँपालिका वडा नम्बर -३ का वडा अध्यक्ष विष्णुविर जर्गा मगर, घिरिङ गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य मन बहादुर रानाभाट, बुलिङटार गाउँपालिका शिक्षा शाखा प्रमुख बुद्व प्रसाद रानाभाट , रानाभाट समाज गण्डकी प्रदेशका सह सचिव सन्त बहादुर रानाभाट , उपाध्यक्ष समर रानाभाट, सदस्य मधुमाया रानाभाट महिला परिचालक संयोजक पार्वती रानाभाट, युवा परिचालक संयोजक सुर्य रानाभाट , गैडमकोट ईकाई कमिटिका अध्यक्ष पदम रानाभाट, देबचुली ईकाई कमिटिका अध्यक्ष सुर्य रानाभाट लगायतको उपस्थिति रहेको थियो ।
समाजका अध्यक्ष विष्णु प्रसाद रानाभाटको अध्यक्षतामा भएको कार्यक्रम समाजका वरिष्ठ उपाध्यक्ष पशुपति रानाभाटले स्वागत मनतव्य राखेका थिए भने सचिव बाबुराम रानाभाट कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस