आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

शैक्षिक व्यक्तित्व दाहालद्धारा रामनवमिको अवसरपारि ब्लड डोनेसन भवनको शिलन्यास


  • समाचार कुञ्ज
  • २०८३ बैशाख ४, शुक्रबार मा प्रकाशित ३५ मिनेट अघि
  • २७ पाठक संख्या
  • चैत १३ कावासोती ।

    नेपाल रेडक्रस सोसाईटि उपशाखा कावासोतीद्धार सञ्चालित नवलपुर रक्तसंचार सेवाकोलागि बनाउन लागिएको भवनको रामनवमिको पावन अवसरपारि शिलन्यास गरिएको छ ।
    नवलपुरको कावासोती फलफुल चोकमा अवस्थित रेडक्रस भवन र बन्दै गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय भवनको विच भागमा रहेको खालि जमिनमा रगत दान गर्न र लिन समेत मिल्ने गरि विषेश सुविधा युक्त एक तले भवन निर्माण गर्ने उद्येश्य सहित भवनको शिलन्यास गरिएको नेपाल रेडक्रस सोसाईटि कावासोती उपशाखाले बताएको हो ।
    पूर्वपश्चिम राजमार्गको आडमै रहेको जमिनमा बन्न लागेको भवनबाट २४ सै घण्टा जोे कोहिले रगत दिन र लिन पनि मिल्नेगरि सेवा विस्तार गर्ने उद्येश्य रहेको कावासोती उपसाखाका निवर्तमान सभापति बाबुराम कंडेलले बताउनुभयो ।
    कावासोतीका सामाजिक एवं शैक्षिक व्यक्तित्व, सिद्धार्थ आवासिय मा.वि.का संस्थापक प्रिन्सिपल भोजराज दाहालले आफ्ना स्वर्गिय मातापिताको सम्झनामा सो भवन निर्माणकालागि लाग्ने सबै खर्च व्यवस्थापनको जिम्मेवारी लिनुभएको कंडेलले बताउनुभयो ।
    २० फुट चौडाई र २५ फुट लम्बाई भएको उक्त भवन तयार गरि प्रदान गर्ने संकल्प लिनुभएका सामाजिक व्यक्तित्व दाहालको मुक्त कण्ठले प्रशंसा गर्दै कंडेलले नवलपुर रक्तसंचार सेवा मार्फत मासिक २०० भन्दा बढि युनिट रगत खपत भैरहेको र यसवर्ष ४ हजार युनिट रगत संकलन गरि विरामिसम्म पुर्याउने उद्येश्य लिईएको बताउनुभयो ।
    ब्लड बैंकको व्यवस्थापन गर्नु आँफैमा महङ्गो पर्न जाने भएकोले पनि लामो समयदेखि आवश्यकता महसुस हुँदा हुँदै पनि ब्लड डोनेसन भवन निर्माण गर्न नसकिएको अवस्थामा अब भने शैक्षिक व्यक्तित्व दाहालले निर्माण गर्दिन लाग्नुभएको भवनबाट संस्थाको धेरै उद्येश्यहरु परिपूर्तिमा मद्दत पुग्ने साखाका भूतपूर्व सभापति तिर्थ कंडेलले बताउनुभयो ।
    रेडक्रस सोसाईटिमा आवद्ध विभिन्न पदाधिकारि एवं सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा गरिएको भवन शिलन्यास कार्यक्रमलाई संवोधन गर्दै नेपाल रेडक्रस सोसाईटि कावासोती उपशाखाका सभापति अमृता सिग्देलले विगत ९ वर्षदेखि संचालित रक्त संचार सेवालाई अझ सहज र वृहत् बनाउने उद्येश्य सहित नयाँ भवनको शिलन्यास गरिएको बताउनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट