
समाचार कुञ्ज तनहुँ — तनहुँ जिल्लाको भिमाद नगरपालिका वडा नं. ६ अन्तर्गत नेपाल मगर संघ इकाइ नं. २ को देउसी–भैलो समूहले सामाजिक सेवाको उदाहरण प्रस्तुत गरेको छ।






समूहले देउसी–भैलो कार्यक्रममार्फत संकलन गरिएको रकम गम्भीर रोगसँग संघर्ष गरिरहेका तीन जना बिरामीलाई सहयोग स्वरूप हस्तान्तरण गरेको हो।
सहयोग प्राप्त गर्नेहरूमा भिमाद–२ जिलागाउँ निवासी ब्रेन ट्युमर पीडित झकमाया थापा, दुवै मिर्गौला फेल भई डायलाइसिस गराइरहेकी बोक्सान निवासी अनिसा राना तथा लुपस रोगसँग लडिरहेकी टेकरे निवासी दिक्षा थापा रहेका छन्।
उनीहरू प्रत्येकलाई जनही रु. १०,१०१ का दरले सहयोग रकम प्रदान गरिएको हो। उक्त सहयोग रकम सम्पूर्ण समाजका अध्यक्ष, देउसी–भैलो समूहका दिदीबहिनी तथा दाजुभाइहरूको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।
यस प्रकारको सहयोगले समाजमा मानवीय भावना र आपसी सहकार्यको सन्देश फैलाएको स्थानीयवासीले बताएका छन्

प्रतिक्रिया दिनुहोस