
समाचार कुञ्ज तनहुँको घिरिङ, भिमाद र रिसिङका ९३ जना श्रमदाताले कुटो, कोदालो, हसिया र बोरा बोकेर श्रृङ्गपथ मर्मत तथा सरसफाइ कार्यक्रममा सहभागी हुँदै उदाहरणीय एकता प्रस्तुत गरेका छन्। बिग्रिएको बाटो मर्मत गर्नुका साथै बाटो छेक्ने झाडी सफा गरेर आवतजावत सहज बनाइएको छ।
सरकारले गरिदिन्छ भनेर पर्खँदा बाटोघाटो झन् बिग्रँदै जान्छ, आफ्नो ठाउँ आफैं बनाउन श्रमदान आवश्यक छ,” भन्दै सुमन कुमार श्रेष्ठले स्थानीय पहल नै विकासको आधार भएको बताउनुभयो।स्थानीयको श्रमदानले फेरि प्रमाणित गरेको छ—जहाँ जनताको जागरुकता हुन्छ, त्यहाँ विकासका बाटा आफैं खुल्छन्।
श्रमदान गर्न विशेष शनिवार परेको हुदा विद्यालयमा कार्यरत शिक्षक, स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, विभिन्न संघ संस्थामा आबद्व व्यक्तीहरू, गाउँ टोलका स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको हामी बनाउछौ श्रङगपथ मोटर मार्ग पदका संयोजक शुभसुन प्रयास रानाले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस