
समाचार कुञ्ज






भिमाद
भिमाद नगरपालिकाले बजार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र सुन्दर बनाउने उद्देश्यले नयाँ नियमहरू लागू गरेको छ। नगरपालिका अन्तर्गतको स्थानीय बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको निर्णयअनुसार वडा नं. ६ र ७ का बजार क्षेत्रमा यी नियमहरू कार्यान्वयनमा ल्याइएको हो।
जारी सूचनाअनुसार बजार क्षेत्रमा म्युजिकल तथा प्रेसर हर्न बजाउन पूर्ण रूपमा निषेध गरिएको छ। त्यस्तै बिहान ९ बजेदेखि ११ बजेसम्म मालवाहक सवारी साधनहरूले सामान लोड तथा अनलोड गर्न नपाइने व्यवस्था गरिएको छ।
यातायात व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सार्वजनिक सवारी साधनहरूलाई तोकिएको स्थानमै पार्किङ गर्नुपर्ने नियम लागू गरिएको छ। साथै सवारी छुट्ने समयभन्दा ३० मिनेट अगाडि नै लाइन (क्यू) मा राख्नुपर्ने व्यवस्था गरिएको छ।
नगरपालिकाले उल्लिखित नियमहरूको पालना नगर्ने व्यक्ति, संस्था वा सवारी साधनमाथि आवश्यक कारबाही गरिने चेतावनी दिएको छ। नियम कार्यान्वयनका लागि नगरपालिका, उद्योग वाणिज्य संघ र प्रहरीबीच संयुक्त अनुगमन गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस