
समाचार कुञ्ज प्रिय धन , नवलपुर, १६ वैशाख २०८३ , बुधबार ।






मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले पछिल्ला दिनमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका विषयमा देखिएको अन्योल र आक्रामक गतिविधिप्रति चिन्ता व्यक्त गर्नुभएको छ।
विभिन्न निकाय, सेना र प्रहरी परिचालनसहित काठमाडौंलगायत क्षेत्रमा भएका गतिविधि तथा निकुञ्जका निर्देशनहरूले सर्वसाधारणमा त्रास र अन्योल सिर्जना गरेको उहाँले बताउनुभयो। नेपालको संविधानले सरकारका विभिन्न तहको जिम्मेवारी स्पष्ट गरे पनि व्यवहारमा कसले के गर्ने भन्ने विषयमा द्विविधा देखिएको उहाँको भनाइ छ।
नगरप्रमुख अधिकारीले मानवताको दृष्टिकोणबाट समेत विषयलाई हेर्नुपर्ने उल्लेख गर्दै निजी स्वामित्वबाहेकका जग्गा राज्यकै अधीनमा रहने र कानुनी प्रक्रिया पूरा गरी पुर्जा वितरण गर्नुपर्ने बताउनुभयो। प्रक्रिया पुगेका जग्गाको हकमा पुर्जा वितरण भइसकेको र बाँकीका लागि आवश्यक कानुन संशोधन गरी व्यवस्थित रूपमा समाधान खोज्नुपर्ने उहाँले जानकारी दिनुभयो।
उहाँले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान तीनै तहका सरकारको दायित्वभित्र पर्ने स्पष्ट पार्दै हल्ला र अफवाहका पछाडि नलाग्न, नआत्तिन र धैर्य रहन आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस