आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

पार्किङ्ग क्षेत्र अंकित वोड हस्तान्तरण


  • समाचार कुञ्ज
  • २०८३ बैशाख १७, बिहिबार मा प्रकाशित १ महिना अघि
  • ६३ पाठक संख्या
  • कावासोती
    नवलपुर जिल्लाको सदरमुकाममा रहेको कावासोतीको बजार व्यवस्थापनमा नवलपुर उद्योग बाणिज्य संघले पहल कदमी गरेको छ । नगरपालिका भित्र रहेका व्यस्त र साना सडकहरुमा एकतर्फि पार्किङ्गको कार्यलाई निरन्तरता दिएको छ । कावासोती नगरपालिका वडा नं. २ मा रहेको थानाचोक देखी वि पि चोक सम्मको सडकमा एकतर्फि पाकिङ्गका लागि आए स्थानिय उपभोक्ताहरुलाइृ पार्किङ्ग क्षेत्र अंकित वोड हस्तान्तरण गरीएको नवलपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष एवम् पार्किङ्ग व्यवस्थापन उप समिति संयोजक बालकृष्ण पाण्डेले बताउनुभयो ।
    नगरको सुन्दरता र वजारलाई व्यवस्थित गर्न उद्योग वाणिज्यले वजार व्यवस्थापन गर्न जिल्ला ट्रफिक कार्यालय, कावासोती नगरपालिकाको सहकार्य र नवलपुर उद्योग वाािण्ज्य संघको व्यवस्थापनमा व्यस्त सडकहरुलाई एकतर्फि पार्किङ्गको कार्य अगी बढाईएको संघका अध्यक्ष बुद्धिसागर पोख्रेल (सागर)ले बताउनु भयो । अध्यक्ष पोख्रेलले नगरपालिका भित्रका मुख्य बजार क्षेत्रबाट समेत एकतर्फि पार्किङ्गको व्यवस्थापन गरीदिन व्यवसायीहरुबाट माग हुदै आएको बताउदै नगरपालिका, ट्राफिक कार्यालय सगको सहकार्यमा मुख्य र व्यस्त सबै सडकहरुमा कार्य गर्दै जाने समेत बताउनुभयो ।
    पार्किङ्ग क्षेत्र अंकित वोड हस्तान्तरण कार्यक्रममा कावासोती नगरपालिका बडा नं. २ का वडा अध्यक्ष शिव पाण्डे, कावासोती नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष यमबहादुर थापा, नवलपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष डासुराज पोख्रेल, जिल्ला ट्राफिक कार्यालय नवलपुर र उद्योग वाणिज्य संघका पदाधिकारी एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट