
समाचार कुञ्ज तिर्थराज काफ्ले, कावासोती






नवलपुरको कावासोती नगरपालिका–१ सेउली क्षेत्रमा दुर्लभ भाले एकसिङ्गे गैंडा मृत अवस्थामा फेला परेको छ । स्थानीयवासीको मकैबारीमा गैंडा मृत अवस्थामा भेटिएपछि क्षेत्रमा चासो र त्रास फैलिएको छ ।
स्थानीयले खेतमा गैंडा लडिरहेको देखेपछि तत्काल सम्बन्धित निकायलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ चितवन राष्ट्रिय निकुञ्ज, सुरक्षाकर्मी तथा प्राविधिक टोली घटनास्थल पुगेको जनाएको छ ।
प्राविधिक टोलीले घटनास्थलको निरीक्षण गरिरहेको र गैंडाको मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने बताइएको छ । प्रारम्भिक अनुसन्धान सुरु गरिएको निकुञ्ज स्रोतले जनाएको छ ।
हाल गैंडाको मृत्यु प्राकृतिक कारण, रोग वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस