आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

गोरू गाडामा डुल्दै पर्यटक, अमलटारीमा बढ्दै ग्रामीण पर्यटनको आकर्षण


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ ३, आईतबार मा प्रकाशित २ हफ्ता अघि
  • ३० पाठक संख्या
  • तिर्थराज काफ्ले
    कावासोती
    नवलपुरको कावासोती नगरपालिका–१५ अमलटारी क्षेत्रमा पछिल्लो समय गोरू गाडा चढेर गाउँ घुम्ने पर्यटकको संख्या बढ्न थालेको छ । आधुनिक सवारीको भीडबीच परम्परागत गोरू गाडामा सयर गर्दै पर्यटकहरूले ग्रामीण जीवनशैलीको अनुभव लिन थालेका हुन् ।
    अमलटारी पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरू गोरू गाडामा चढेर गाउँका बस्ती, खेतबारी तथा थारु समुदायको संस्कृतिसँग रमाइरहेका छन् । स्थानीयले परम्परागत गोरू गाडालाई पर्यटनसँग जोड्दै आयआर्जनको माध्यमसमेत बनाएका छन् ।
    विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज आसपासको वातावरण, थारु संस्कृतिको झल्को र गाउँले परिवेश अनुभव गर्न चाहने पर्यटकका लागि गोरू गाडा यात्रा आकर्षणको केन्द्र बनेको स्थानीय बताउँछन् ।
    स्थानीय पर्यटन व्यवसायी करन महताेका अनुसार गोरू गाडा सयरले ग्रामीण पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको छ भने स्थानीय संस्कृतिको संरक्षणमा समेत सकारात्मक प्रभाव परेको छ । पर्यटकहरू परम्परागत शैलीको यात्राप्रति उत्साहित देखिन थालेपछि अमलटारीमा ग्रामीण पर्यटनको सम्भावना थप बढेको स्थानीयको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट