आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

ब्रेक फेल हुँदा भारतीय यात्रुबाहक बस दुर्घटना, ६ महिला घाइते


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ १३, बुधबार मा प्रकाशित ५ दिन अघि
  • २५ पाठक संख्या
  • तिर्थराज काफ्ले
    नवलपुर
    नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका–२ घ्यूखोलास्थित पूर्व–पश्चिम राजमार्गमा भारतीय यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना महिला घाइते भएका छन् ।
    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बुधबार अपराह्न करिब ४ बजे भारतबाट काठमाडौंतर्फ आउँदै गरेको UP62DT 2780 नम्बरको यात्रुबाहक बसको ब्रेक फेल हुँदा दुर्घटना भएको हो ।
    बसमा सवार ३५ यात्रुमध्ये ६ जना महिला घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुलाई प्रारम्भिक उपचारका लागि बिनयी त्रिवेणी आधारभूत अस्पताल दुम्किबास लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा रिफर गरिएको प्रहरीले जनाएको छ ।
    घाइते हुनेहरुमा भारत महाराष्ट्र जिल्ला बस्ने ६२ वर्षीया सुशिला निगोत, ६९ वर्षीया सुशिला जिसिमुख, ५८ वर्षीया संगिता बिसिनेत, ४७ वर्षीया भासुली कादम, ४८ वर्षीया रेखा टाउरे र ४५ वर्षीया योगिता बलेरौ रहेका छन् । उनीहरुको ढाड, टाउको, अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । अधिकांशको अवस्था मध्यम रहेको छ ।
    दुर्घटनामा संलग्न बस र चालक भारत आजगढ जिल्ला बस्ने ४९ वर्षीय अनिल कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि पनि राजमार्ग अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।
    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट