
समाचार कुञ्ज क
नवलपुर । लगातारको वर्षापछि आएको बाढीले नवलपुरको दुम्कीबास क्षेत्रमा सञ्चालन भइरहेको महोत्सवमा ठूलो क्षति पुगेको छ। नारायणी आसपासको खोलामा पानीको बहाव बढेपछि महोत्सवस्थलमा राखिएका अस्थायी पसल तथा टहरा बगाएको स्थानीयले बताएका छन्।
वर्षासँगै आएको बाढी र भेलले महोत्सवस्थल हिलाम्मे बनाएको छ भने केही संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। घटनापछि आयोजक टोली चिन्तित बनेको छ। महोत्सवमा प्रयोग गरिएका स्टेज सामग्री, टेन्ट, कुर्सी तथा व्यापारिक सामानमा समेत क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीयवासी, सुरक्षाकर्मी तथा स्वयंसेवकहरू घटनास्थलमा पुगेर क्षति व्यवस्थापन र सामान सुरक्षित स्थानमा सार्ने काममा जुटेका छन्। लगातार पानी परिरहेकाले थप जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
आयोजक समितिले मौसममा सुधार आएपछि क्षतिको विस्तृत विवरण सार्वजनिक गरिने जनाएको छ। वर्षाका कारण प्रभावित व्यापारीहरूले भने आफूहरूलाई ठूलो आर्थिक मार परेको बताएका छन्।







प्रतिक्रिया दिनुहोस