आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

गुणादीमा पर्यटक बसको ठक्करबाट स्थानीय ७८ बर्षीय रानाभाटको म,ृत्यु


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ १६, शनिबार मा प्रकाशित २ दिन अघि
  • २३ पाठक संख्या
  • तनहुँ १६ जेठ
    पृथ्वीराजमार्ग सडक अन्र्तगत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा पर्यटक बसको ठक्करबाट शनिबार एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार पोखराबाट काठमाण्डौतर्फ जादै गरेको बा १ प ९२७ नम्बरको पर्यटक बसले सोही स्थान निवासी बर्ष ७८ का सम्मर बहादुर रानाभाट रहेका छन् ।  निजले बाटो काट्ने गर्ने क्रममा बसले ठक्कर दिदाँ सख्त घाईते भएका रानाभाटको प्रदेश अस्पताल दमौलीमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन ।  उक्त बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट