आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

उत्कृष्ट १० उद्यमीहरूको उत्पादन प्रदर्शनी मेला सम्पन्न


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ १८, सोमबार मा प्रकाशित २0 घण्टा अघि
  • १४ पाठक संख्या
  • दीपेन्द्र रेग्मी, जेठ १८, कावासोती ।

    स्थानीय उत्पादनको प्रवद्र्धन र उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ नवलपुरको हुप्सेकोटमा’ आयोजित स्थानीय वस्तु प्रवद्र्धनका लागि प्रदर्शनी मेला’ सम्पन्न भएको छ ।
    गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, हुप्सेकोट गाउँपालिका र दायित्व संस्थाको साझेदारीमा सञ्चालित ’वृद्धिमुखी उद्यमशीलता तथा रोजगार प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत यो मेला आयोजना गरिएको हो ।
    मेलामा उक्त कार्यक्रममार्फत छनौट भएका हुप्सेकोटका उत्कृष्ट १० उद्यमहरूका उत्पादनहरूलाई प्रदर्शनीमा राखिएको थियो । मंगलबार देखि आईतबार सम्म हुप्सेकोट ४ झ्यालबासमा लागेको मेलामा सबै उद्यमिहरुले गरि करिब ६ लाख बराबरको व्यपार गरेको दायित्व संस्थाका हुप्सेकोट प्रतिनिधि लक्ष्मण ठाडा मगरले बताउनुभएको छ ।
    उहाँले मेलाका कारण उद्यमिहरुलाई नयाँ ग्राहक सम्म आफ्नो उत्पादनलाई पुर्याउन सहयोग पुगेको साथै उद्येश्य अनुरुप मेला सफल भएको जानकारी दिनुभयो ।
    त्यस्तै उत्कृष्ट १० कृषक मध्येपनि सबैभन्दा धेरै अंक ल्याउनुहुने कृषक उद्यमि थमन रजालि मगरले बाहिरतिर हुनेगरेको फार्मर्स मार्केट अर्थात कृषकहरुको बजारको जस्तै मेलाको अवधारणा रहेकोले पनि आफ्नो उत्पादनलाई यहिँ पनि उचित बजारिकरण गर्न सकिन्छ भन्ने तथ्यलाई यो मेलाले प्रमाणित गर्न खोजेको विचार राख्नुभयो ।
    त्यस्तै आँफु पहिलो पल्ट यस प्रकारको मेलामा समावेश भएको उल्लेख गर्दै पशुपालक कृषक चिजा गुरुङ्गले आँफुहरुले उत्पादन गरिरहेको सामाग्रि वारे स्थानिय स्तरमा प्रसार प्रसार भएको साथै बजारिकरणको अवस्थालाई बुझ्ने अवसर प्रदान गरेको बताउनुभयो ।
    ६ दिन सम्म चलेको मेलामा हुप्सेकोट गाउँपालिका सहित जिल्लाका अन्य पालिका एवं जिल्ला वाहिरका व्यक्तिहरुले समेत अवलोकन भ्रमण गरेको भन्दै व्यवसाय नै भन्दा पनि मेलाले प्रमुखतः उत्मृष्ट उद्यमहरुबाट भैरहेको उत्पादनवारे जनतासम्म सहज ढंगले जानकारी प्रदान गर्न सफल बनेको आयोजकको दावि छ ।
    मेलाको गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष समेत रहनुभएकि हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मिदेवि पाण्डे सहित विभिन्न जनप्रतिनिधि, कर्मचारी, विभिन्न विद्यालयका शिक्षक शिक्षिका एवं विद्यार्थीहरु सहित स्थानियहरुले अवलोकन भ्रमण गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट