
समाचार कुञ्ज तनहुँको घिरिङ गाउँपालिका दलित समन्वय समितिको सम्पन्न अधिवेशनबाट पार्वती विक सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।






नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कला विक, सचिवमा विनोद विक, सहसचिवमा गणेश विक, कोषाध्यक्षमा माया नेपाली तथा सदस्यमा गोवर्धन परियारसहित १३ सदस्यीय कार्यसमिति चयन भएको हो।
नवनिर्वाचित नेतृत्वले दलित समुदायको हक, अधिकार, सम्मान तथा सशक्तीकरणका पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्दै सामाजिक न्याय, समानता र समावेशी विकासको अभियानलाई थप सुदृढ, परिणाममुखी तथा जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
अधिवेशनमा सहभागी अतिथिहरूले नवगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समुदायको उत्थान, एकता र समृद्धिका लागि समर्पित भावनाका साथ कार्यसम्पादन गर्ने विश्वास व्यक्त गरेका थिए।
सामाजिक अभियन्ता गोपाल विकका अनुसार नवनिर्वाचित नेतृत्वले आगामी दिनमा दलित समुदायको आवाजलाई अझ सशक्त रूपमा उठाउँदै सकारात्मक परिवर्तनको संवाहक बन्ने अपेक्षा गरिएको छ। साथै, सम्पूर्ण कार्यसमितिको कार्यकाल सफल, उपलब्धिमूलक, ऐतिहासिक तथा प्रेरणादायी रहोस् भन्ने शुभेच्छा व्यक्त गरिएको छ

प्रतिक्रिया दिनुहोस