
समाचार कुञ्ज तिर्थराज काफ्ले नवलपुर, जेठ २२






MRR Nawalpur को आयोजनामा कावासोतीमा नियमित साप्ताहिक भजन–कीर्तन कार्यक्रम आयोजना हुने भएको छ।
आयोजकका अनुसार आगामी शनिबार, २०८३ जेठ २३ गते साँझ ५ बजेदेखि ७ बजेसम्म श्री शिवशक्ति नवदुर्गा आध्यात्मिक प्रतिष्ठान, कावासोती–१५, गोडार (अमल्टारी होमस्टे जाने बाटो) मा कार्यक्रम सञ्चालन हुनेछ।
भजन–कीर्तनमार्फत आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन आयोजकले सम्पूर्ण भक्तजन तथा सर्वसाधारणमा हार्दिक निमन्त्रणा गरेको छ।

प्रतिक्रिया दिनुहोस