आज: २०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

मध्यविन्दु नगरपालिकामा पालिका समीक्षा कार्यक्रम सम्पन्न ।


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ २७, बुधबार मा प्रकाशित २ दिन अघि
  • २२ पाठक संख्या
  • प्रिय धन , नवलपुर , २७ जेठ २०८३, बुधबार ।

    पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको समग्र विकास सेवा प्रवाह सुशासन कार्यसम्पादन उपलब्धि चुनौती तथा आगामी कार्यदिशा सम्बन्धमा समीक्षा छलफल र रचनात्मक अन्तरक्रिया गर्ने उद्देश्यले पालिका समीक्षात्मक कार्यक्रम सम्पन्न भएको छ । मध्यबिन्दु नगरपालिकाभित्र सक्रिय रहेका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु विभिन्न संघ संस्थाका प्रतिनिधिहरु टोल समितिका प्रतिनिधिहरु विद्यालय लगायतका संघसंस्थाका प्रतिनिधिहरुको साथमा पालिका समीक्षा कार्यक्रम सम्पन्न भएको मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले जानकारी दिनुभयो।

    पालिका समीक्षा कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/ ८३ का सम्पूर्ण विकासात्मक गतिविधिहरू मध्यबिन्दु नगरपालिकामा कार्यान्वयनमा आएको हाम्रो खुसी पाठ्यक्रम मध्यबिन्दु नगरपालिकाले निरन्तर जारी राखेको स्वास्थ्य परीक्षण कार्यक्रम कर्मचारी व्यवस्थापन आर्थिक भार कम लगायतका विषयमा सरोकारवालाहरुले प्रश्न राखेका थिए ।

    समीक्षा कार्यक्रममा उठेका प्रश्नहरूको मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारी , उपप्रमुख पूर्णकला चौधरी र प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले जवाफ दिनुभएको थियो ।
    कार्यक्रममा कर्मचारीहरू विभिन्न संघसंस्थाका प्रतिनिधिहरू पत्रकारहरू लगायतकाको उपस्थिति रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट