
समाचार कुञ्ज



कावासोती । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा कर शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
संघका अध्यक्ष सागर पोख्रेलको अध्यक्षतामा आयोजित कार्यक्रममा कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु प्रसाद भुसाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख युगल ईश्वर गौतम, मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरणकुमार श्रेष्ठ, एकीकृत सेवा कार्यालयका प्रमुख ज्ञानप्रसाद भुसाल तथा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका कर अधिकृत हरिप्रसाद ढकाल, एकीकृत सेवा कार्यालयका वरिष्ठ अधिकृत विक्रम सुवेदी तथा कावासोती नगरपालिकाका राजस्व शाखा प्रमुख नीलकण्ठ न्यौपानेले सहजीकरण गर्नुभएको थियो।
अभिमुखीकरण कार्यक्रममा आर्थिक विधेयक २०८३ ले प्रदान गरेका कर छुट तथा सहुलियतका व्यवस्था, परिवर्तित कर प्रणाली, व्यवसाय दर्ता तथा नवीकरणका लागि आवश्यक कागजात र प्रक्रिया, साथै कावासोती नगरपालिकाको राजस्व सम्बन्धी व्यवस्थाका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा व्यवसायी, उद्योगी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले कर प्रणाली, व्यवसाय दर्ता तथा नवीकरण प्रक्रियाबारे जानकारी प्राप्त गर्नुका साथै आफ्ना जिज्ञासाहरू राखेका थिए। कार्यक्रमले व्यवसायीहरूलाई कर सम्बन्धी कानुनी व्यवस्था तथा राजस्व प्रणालीबारे थप सचेत बनाउन सहयोग पुगेको नवलपुर उघोग वाणीज्य संघका महासचिव रमेश अघिकारीले जानकारी दिनुभयो ।
संघका अध्यक्ष पोख्रेलले कार्यक्रमको बिषय र औचित्यमाथी प्रकाश पार्नु भएको थियो भने वरिष्ठ उपाध्यक्षले घन्यवाद प्रकट गर्नु भएको थियो ।
यसै बीच एकिकृत सेवा कार्यालयको आयोजना तथा नवलपुर उघोग वाणिज्य संघको व्यवस्थापनमा एक दिवसीय विश्व बाल श्रम विरुद्धको दिवसमा औधोगीक र व्यावसायीक प्रतिष्ठानमा बाल श्रमको अवस्था अन्तरक्रिया कार्यक्रम कावासोती नगरपालीकाको सभा हलमा सम्पन्न गरेको छ

प्रतिक्रिया दिनुहोस