आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

घिरिङ गाउँपालिका वडा न ४ मा ३ दिने सरफ तथा साबुन बनाउने तालिम सम्पन्न


  • समाचार कुञ्ज
  • २०८० चैत्र १४, बुधबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • समर रानाभाट,
     तनहुँ जिल्लाको घिरिङ गाउँपालिका समन्वयमा र प्लान स्टार सानो संसारको सहयोगमा गाउँपालिकाको वडा  – ४ मा  ३ दिने सरफतथा साबुन बनाउने तालिम सम्पन्न भएको छ ।दिगो समतामुलक आथि्क एवं सिप मुलक समाज सिर्जना अभियान एक घर एक उघोग  हरेक घर सबै रोजगार प्लान स्टार सानो संसार महिलाहरुलाई आत्म निर्भर बनाउने उद्धेश्यका साथ सञ्चालन गरिएको ३ दिने सरफ तथासाबुन बनाउने तालिम बुधवार  सम्मन्न भएको छ ।

    घिरिङ गाउँपालिका समन्वयन र  प्लान स्टार सानो संसार संचालन भएको तालिमा १६ जना  सहभागिता जनाएका थिए ।तालिमको समापन गर्दै प्रमुख अतिथि घिरिङ गाउँपालिका  वडा नम्बर ४ का वडा अध्यक्ष भिम बहादुर कुमालले  तालिम लिएपश्चात आयआर्जनमा टेवा पुग्ने बताउनुभयो । सरफ तथा साबुन बनाउने सिप सिकेपछि यस तालिमलाई व्यवहारमा उतारेरस्वरोजगार बन्न उहाले आग्रह गर्नुभयो । 

    यसैगगरी वडा नं. ४ का वड सदस्य  सरिता विकले सिप सिकेर मात्र आत्म निर्भर  भईने भएकोले सिपलाई समयमै सदुपयोग गर्नआग्रह गर्नुभयोे ।

     

    सिकेको सिपलाई व्यवहारमा उतार्दै आयआर्जन गर्न सकेमात्रै सिकेको सिपको सदुपयोग हुने वडा नम्बर ४ का वडा सचिव हरिप्रसाद पाैडेले  बताए ।

     

    १६ जना सहभागि रहेको ३ दिने सरफ तथा साबुन बनाउने तालिममा प्लान स्टार सानो संसारका प्रतिनिधिहरूले  सहभागिहरुलाईप्रशिक्षण दिनुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट