आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

नवलपरासी पूर्वबाट मनकामना जाँदै गरेको स्कारपिओ दुर्घटना  एक जनाको निधन


  • समाचार कुञ्ज
  • २०८० चैत्र १७, शनिबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • नवलपरासी पूर्वबाट मनकामना जाँदै गरेको स्कारपिओ दुर्घटना  एक जनाको निधन भएकाे छ ।

    शहिदलखन गाउँपालिका वडा नं.३ घोर्लेस्वाँरा स्थित मझुवादेउराली मनकामना जादैँ गरेको ग. १ च. ७६१९ नं.को स्कारपिओ दुर्घटना भएको हाे ।

    दुर्घटनामा नवलपरासी पूर्व विनय त्रिवेणी गाउँपालिका-४ का शोभाखर गैरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठले बताए ।

    उनका अनुसार दुर्घटनामा परि गम्भिर घाईते भएका गैरेलाई उपचारको लागि छिमकेश्वरी अस्पताल आँबुखैरैनी तनहुँ लगिएको थियो ।

    उपचारको क्रममा ११ः४० बजेको समयमा उनको मृत्यु हाे । स्कारपिओ गाडी उकालो जाने क्रममा पछाडि ब्याक हुँदा अनियन्त्रित भई सडकको नालीमा पल्टिन जाँदा दुर्घटना भएको हो ।

    स्कारपिओ चालक नवलपरासी पूर्व विनय त्रिवेणी गाउँपालिका वडा नं. ४ का वर्षिय बेग बहादुर क्षेत्रीलाई नियन्त्रणमा लिएकाे छ ।

    दुर्घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको गोरखा प्रहरीले जनाएको

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट