आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

घिरिङ -३ मा पालिका बाट प्रदान गरिने सेवा प्रवाहका लागि एक दिने एकीकृत घुम्ती शिविर


  • समाचार कुञ्ज
  • २०८१ बैशाख १७, सोमबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • घिरिङ गाउँपालिका वडा नं ३ को कार्यालयमा  पालिका बाट प्रदान गरिने सेवा प्रवाहका लागि एक दिने एकीकृत घुम्ती शिविर हिजो संचालन भएको थियो । सो शिविर घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले उद्घाटन गर्नु भयो। अध्यक्ष थापाले वास्तविक किसानले सेवा पाउन छुटेको हुँदा वडा स्तरमा गएर सेवा दिएको बताउनु भयो।

    कृषि तथा पशुको औषधि बितरण घटना दर्ता जस्ता महत्वपूर्ण सेवा प्रवाह गर्न शिविर संचालन गरिएको हो। साथै ब्यवसाय दर्ता गरेर बैधानिक ब्यवसायी बन्न समेत थापाले अपिल गर्नु भयो। 

    वडा नं ३ का अध्यक्ष तहल सिंह थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल, कार्यपालिका सदस्यहरु पार्वती बिक र इश्वरी श्रेष्ठ, वडा सदस्यहरु  लोक बहादुर गुरुङ्ग र मनिराज थापा, स्वास्थ्य,कृषि, पशु शाखा प्रमुख तथा कर्मचारी हरुको उपस्थिति रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट