आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

बौदीकाली २ डेढगाउँ वडा कार्यालयको समन्वयमा ज्येष्ठ नागरिक सम्मान


  • समाचार कुञ्ज
  • २०८१ बैशाख १९, बुधबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • बौदीकाली गाउँपालिकाको आयोजना तथा बौदीकाली २ डेढगाउँ वडा कार्यालयको समन्वयमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम वडा कार्यालय डेढगाउँमा सम्पन्न भएको छ ।
    नेपाल सरकार द्वारा वितरण गरिने ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्ने ६८ वर्ष माथिका सम्पूर्ण आमाबुवाहरूलाई सम्मान गरिएको हो ।
    सम्मान कार्यक्रममा बालिघाट आँखा उपचार केन्द्रको सहयोगमा आँखा परिक्षण, रकुवा प्राथमिक स्वास्थ्य केन्द्र को सहयोगमा स्वास्थ्य परिक्षण तथा विमा दर्ता सहयोगी राजु कण्डेल मार्फत ७० वर्ष माथिका नागरिकको स्वास्थ्य विमा कार्य गरिएको हो, डेढगाउँ माध्यमिक विद्यालय र बालकल्याण आधारभुत विद्यालयका विद्यार्थी भाइवहिनिहरू मार्फत

    स्वयंसेवक सेवा तथा साङ्गेतिक कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को वजेट मार्फत ज्येष्ठ नागरिकको लागि सम्मान कार्यक्रम राखेको हुनाले यहि आर्थिक वर्ष भित्रमा क्रमश अन्य वडाहरूमा पनि सम्मान कार्यक्रम सम्पन्न गर्ने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट